प्रधानमन्त्री देउवा जलवायु सम्मेलनमा सहभागी हुन बेलायत जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६)मा भाग लिन बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन प्रधानमन्त्री देउवा आज जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा २० सदस्यीय टोली लिएर बेलायत जाँदैछन् । टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी रहेका छन् ।
कोप–२६ मा विश्वका राष्ट्र र सरकार प्रमुख सहभागी हुनेछन् । देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा सहभागी हुनेछन् । नोभेम्बर १ को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्र र सरकार प्रमुखहरूका लागि आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् ।
यस्तै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता पनि गर्ने छन् । उनीहरुबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवा आज स्कटल्याण्ड गएर १८ गते स्वदेश फर्किने छन् ।
















स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया