भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १७:१४

काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्त बिहीबार राति अस्पताल भर्ना भएका छन् ।
७० वर्षीय रजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नाईको काभेरी अस्पतालमा भर्ना भएको र एक दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास ब्यक्त गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रजनीकान्तका फ्यानहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कतिपयले रजनीकान्तलाई फिल्म अभिनय छाडेर आराम गर्ने सल्लाह दिएका छन् ।
रजनीकान्त स्वास्थ्य परीक्षणका लागि हरेक वर्ष अमेरिका जाने गरेका छन् । यस वर्ष उनी १८ जुनमा अमेरिका गएर ३ हप्ता बसेका थिए ।
अघिल्लो वर्ष भने कोरोना महामारीका कारण उनी अमेरिका जान पाएका थिएनन् । उनले सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया