भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १७:१४

काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्त बिहीबार राति अस्पताल भर्ना भएका छन् ।
७० वर्षीय रजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नाईको काभेरी अस्पतालमा भर्ना भएको र एक दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास ब्यक्त गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रजनीकान्तका फ्यानहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कतिपयले रजनीकान्तलाई फिल्म अभिनय छाडेर आराम गर्ने सल्लाह दिएका छन् ।
रजनीकान्त स्वास्थ्य परीक्षणका लागि हरेक वर्ष अमेरिका जाने गरेका छन् । यस वर्ष उनी १८ जुनमा अमेरिका गएर ३ हप्ता बसेका थिए ।
अघिल्लो वर्ष भने कोरोना महामारीका कारण उनी अमेरिका जान पाएका थिएनन् । उनले सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया