पूर्व विवेकशील पक्षबाट रबीन्द्र मिश्रको दस्तावेज अस्वीकार
मेरोन्यूज
२०७८ कार्तिक १२ गते २१:५६

काठमाडौं । विवेकशील साझा पार्टीको पूर्व विवेकशील पक्षले अध्यक्ष रबीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको छ ।
संयोजक मिलन पाण्डे नेतृत्वको समूहको बैठले संस्थापन पक्षको बैठकबाट विहीबार पारित भएको अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको हो ।
संयोजक मिलन पाण्डे लगायत सचिवालयका सदस्यहरुबाट प्रस्तुत राजनीतिक प्रस्तावलाई स्वीकार गर्दै अझै समृद्धि बनाएर जाने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टीमा मुख्य नेताहरुले पार्टीमा देखिएको संकट र समस्याको सुरुवात अध्यक्षले नै गरेको ठहर समेत गरेको छ ।
पार्टीभित्र भएका अनुशासन उल्लंघनका घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न पार्टी विधान अनुसार न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित








सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
गोवाको नाइटक्लबमा आगलागी हुँदा ४ नेपालीसहित २५ जनाको मृत्यु
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
प्रतिक्रिया