विश्वको सबैभन्दा महंगो कम्पनीमा पुनः माइक्रोसफ्ट, एप्पल कम्पनीमा ठूलो नोक्सान

काठमाडौँ । विश्व चर्चित एप्पल कम्पनीलाई पछाडि पार्दै माइक्रोसफ्ट एकपटक पुनस् दुनियाँका सबैभन्दा भ्यालुएसन भएको कम्पनी बनेको छ । शुक्रबार माइक्रोसफ्टको बजार क्याप लगभग २.४६ ट्रिलियन डलर पुगेको हो ।
जबकि सोही दिन एप्पलको बजार क्याप २.४३ ट्रिलियन डलर रहेको थियो । एप्पलको चौथो त्रैमासिकको नतिजा सोचेअनुसार नआएका कारण यो परिवर्तन देखिएको हो ।
शुक्रबार एप्पलको शेयर २.२७ प्रतिशतले गिरावटका साथ १४९.१६ डलर रहेको थियो । सोही समयमा माइक्रोसफ्टको शेयर १.३४ प्रतिशतले वृद्धि भई ३२८.६९ डलर पुगेको थियो ।
सप्लाई प्रभावित हुँदा नोक्सान
चौथो त्रैमासिकमा एप्पल कम्पनीले उत्पादन गर्दै आएको आइफोन बिक्रीमा बढोतरी हुँदै आएको थियो । तर, पछिल्लो समयमा बिक्रीमा केही प्रभावित हुँदै आएको थियो ।
एप्पलका सिइओ टिम कुकले भने, ‘सप्लाई चेनको प्रभावित हुँदा कम्पनीलाई ६ अर्ब डलर राजस्व घाटा हुने अवस्था छ ।’
माइक्रोसफ्टको क्लाउड सेवाको माग उच्च
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीमाा माइक्रोसफ्ट कम्पनीको क्लाउड बेस्ड सेवाको माग उच्च रहन पुग्यो । जसले गर्दा यस कम्पनीको बजार भ्यालुएसनमा यस्ता बढोतरी हुन पुगेको हो । एजेन्सी










थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया