विश्वको सबैभन्दा महंगो कम्पनीमा पुनः माइक्रोसफ्ट, एप्पल कम्पनीमा ठूलो नोक्सान

काठमाडौँ । विश्व चर्चित एप्पल कम्पनीलाई पछाडि पार्दै माइक्रोसफ्ट एकपटक पुनस् दुनियाँका सबैभन्दा भ्यालुएसन भएको कम्पनी बनेको छ । शुक्रबार माइक्रोसफ्टको बजार क्याप लगभग २.४६ ट्रिलियन डलर पुगेको हो ।
जबकि सोही दिन एप्पलको बजार क्याप २.४३ ट्रिलियन डलर रहेको थियो । एप्पलको चौथो त्रैमासिकको नतिजा सोचेअनुसार नआएका कारण यो परिवर्तन देखिएको हो ।
शुक्रबार एप्पलको शेयर २.२७ प्रतिशतले गिरावटका साथ १४९.१६ डलर रहेको थियो । सोही समयमा माइक्रोसफ्टको शेयर १.३४ प्रतिशतले वृद्धि भई ३२८.६९ डलर पुगेको थियो ।
सप्लाई प्रभावित हुँदा नोक्सान
चौथो त्रैमासिकमा एप्पल कम्पनीले उत्पादन गर्दै आएको आइफोन बिक्रीमा बढोतरी हुँदै आएको थियो । तर, पछिल्लो समयमा बिक्रीमा केही प्रभावित हुँदै आएको थियो ।
एप्पलका सिइओ टिम कुकले भने, ‘सप्लाई चेनको प्रभावित हुँदा कम्पनीलाई ६ अर्ब डलर राजस्व घाटा हुने अवस्था छ ।’
माइक्रोसफ्टको क्लाउड सेवाको माग उच्च
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीमाा माइक्रोसफ्ट कम्पनीको क्लाउड बेस्ड सेवाको माग उच्च रहन पुग्यो । जसले गर्दा यस कम्पनीको बजार भ्यालुएसनमा यस्ता बढोतरी हुन पुगेको हो । एजेन्सी
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया