जिम्मेवार नेताले न्यायालयको गतिरोध अन्त्य गर्नु पर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । उनले नेताहरूले चाँडोभन्दा चाँडो न्यायालयको गतिरोध अन्त्य गर्नु पर्ने बताएका हुन् ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेकाले जिम्मेवार नेताहरूले समाधन दिनु पर्ने बताएका हुन् ।
‘न्यायपालिकाले कार्यापालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा व्यवस्थामा खतरा हुन्छ,’ नेता सिंहले भने, ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्मअनुसार चल्नुपर्छ ।
उता प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसनले राजीनामा माग गर्दै आन्दोलन गर्दै आइरहेको छ ।
प्रतिक्रिया