न्यायालयको समस्याबारे गठबन्धनभित्र छलफल हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनले छलफल गर्ने बताएका छन् । जनकपुर पुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायालयमा देखिएको समस्याबारे धारणा बनाउने बताएका हुन् ।
उनले गठबन्धनका नेताहरू यताउता हुँदा छलफल हुन नसकेको बताएका हुन् । ‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रीत भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उनले भने ।
यस्तै, उनले गठबन्धनमा कुनै विवाद नभएकाले ठीक ढंगले अगाडि बढिरहेको बताए । उता आजै गठबन्धनका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले मजबुत रहेको प्रतिक्रिया दिएका थिए ।
यसैगरी विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका थिए ।









काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया