न्यायालयको समस्याबारे गठबन्धनभित्र छलफल हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनले छलफल गर्ने बताएका छन् । जनकपुर पुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायालयमा देखिएको समस्याबारे धारणा बनाउने बताएका हुन् ।
उनले गठबन्धनका नेताहरू यताउता हुँदा छलफल हुन नसकेको बताएका हुन् । ‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रीत भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उनले भने ।
यस्तै, उनले गठबन्धनमा कुनै विवाद नभएकाले ठीक ढंगले अगाडि बढिरहेको बताए । उता आजै गठबन्धनका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले मजबुत रहेको प्रतिक्रिया दिएका थिए ।
यसैगरी विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका थिए ।















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया