प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिको चार शाखामा नेतृत्व चयन
मेरोन्यूज
२०७८ कार्तिक १३ गते १७:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको विभिन्न चार शाखामा नयाँ नेतृत्व चयन भएको छ ।
प्रतिष्ठान प्रदेश समितिको पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका चार जिल्ला शाखाको पहिलो अधिवेशन गरी नेतृत्व चयन गरेको हो ।
समितिको पहिलो अधिवेशनबाट पत्रिका जिल्ला शाखा अध्यक्ष अम्बिका पौडेल र सचिव हरि परियार रहेको ३५ सदस्यीय कमिटी गठन भएको छ ।
यस्तै, रेडियो जिल्ला शाखा अध्यक्षमा हरि दुलाल र सचिव सृजना भुजेल रहने गरी १५ सदस्यीय समिति,
टेलिभिजन जिल्ला शाखा अध्यक्ष रबिन्द्र पौडेल र सचिव डिल्ली रिमाल सहित २८ सदस्यीय तथा अनलाइन जिल्ला शाखा अध्यक्ष सन्तोष भट्टराई र सचीव रामकुमार डिसी रहेको ५३ सदस्यीय कमिटी घोषणा गरिएको प्रतिष्ठान समितिका बीरेन्द्र ओलीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया