प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरुको भेटवार्ता

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले भेटवार्ता गरेका छन् ।
लण्डनस्थित नेपाली राजदूताबासमा शनिवार विहान भएको भेटमा उनीहरुले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।
द्विपक्षीय सम्बन्धका जानकार तथा चिरपरिचित उनीहरुले सम्बन्ध सुदृढ गर्न आफूहहरुको सबै प्रकारको सहयोग सदभाव् रहिरहने विश्वास दिलाए ।
सो अवसरमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध र त्यसलाई प्रबद्र्धन गर्ने सम्बन्धमा धारणा राख्दै बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको सह्ना गरे ।
सो अवसरमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, लण्डनस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत उपस्थित थिए ।
नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति लण्डन लण्डन पुगेका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार लण्डनमै रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया