राष्ट्रपतिले भनिन् -मुक्तिनाथको बुद्धमुर्तिको तस्विर विश्वब्यापी बनाउनुपर्छ

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथमा निर्माण भएको वुद्दमूर्तिको तस्विर विश्वब्यापी बनाउनु पर्ने बताएकी छिन् । मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गदै राष्ट्रपति भण्डारीले सोही परिसरमा रहेको ३८ फिट अग्लो ढुंगाबाट निर्माण गरिएको वुद्दमुर्तिको पनि अवलोकन गरेकी थिइन् ।
समुन्द्री सतहबाट ३७ सय १० मिटर उचाईमा रहेको मुक्तिनाथ क्षेत्रमा गैहआवसिय नेपाली संघ (एनआरएन) आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक भइसकेका सोनाम लामाले आफ्नै एकल पहलमा वुद्दमुर्ति स्थापना गरेका थिए ।
त्यही विष्णुको पनि सोही फिट बराबरको अग्लो विष्णुको मुर्ति निर्माण हुँदैछ । त्यसका लागि एनआरएनका पूर्व अध्यक्ष शेष घलेले ५० लाख सहयोग घोषणा गरेका छन् । उक्त मुर्ति निर्माणका लागि पनि घले सहित लामाले पहलकदमी लिन लागेका छन् ।
हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा वुद्दको मुर्ति निर्माण भईसकेको र विष्णुको पनि मुर्ति निर्माणको क्रममा रहेको छ ।
राष्ट्रपति भण्डारी मुक्तिनाथ भ्रमणका लागि पुग्दा वुद्द मुर्ति स्थापनाका लागि निर्माण गरेका सोनाम लामा पनि मुक्तिनाथ परिसरमै थिए । राष्टपति भण्डारीलाई स्वागत गदै उनले वुद्ध मुर्ति स्थापना देखि विष्णु मुर्ति स्थापनाका लागि तयार पारिएको गुरुयोजनाका बारेमा विफ्रिङ गरेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ स्थित बुद्ध भगवानको दर्शन गर्न पाउदा आफू असाध्यै खुशी भएको बताएकी थिइन् ।
त्यही क्रममा उनले स्वर्ग जस्तो मुक्ति भुमिमा यति ठूलो बिशाल बुद्ध मुर्ति स्थापना गर्नु अर्को मुक्ति भन्दै त्यस क्षेत्रका तस्विरहरु विश्वब्यापी बनाउन सवैलाई अनुरोध गरेकी थिइन् ।

‘मलाई असाध्यै खुसी लागेको छ । मुक्तिनाथ जस्तो मुक्ति भूमिमा आएर वुद्दको यति ठूलो मुर्तिको समेत अवलोकन गर्न पाए, दर्शन गर्न पाए । यसलाई, यहाँको फोटोहरुलाई संसारभर पुराउनु आवश्यक छ । यसका लागि म सवैलाई आग्रह गर्दछ,’- राष्ट्रपति भण्डारीले भनिन् ।
मुक्तिनाथ सोनामा लामाको आफ्नो जन्मस्थान हो । उनी सन् १९६१मा अहिलेको मुक्तिनाथ गाविस १, पुराङमा जन्मिएका थिए । १६ बर्षसम्म गाउँमा बिताएका उनी झण्डै २५ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक भइसकेका लामा अमेरिकामा एक सफल व्यवसायी पनि हुन् ।
उनैले वुद्दको मुर्ति बनाएका हुन् । विष्णुको मुर्ति बनाउन पनि उनैले अहिले अग्रसरता लिएका छन् । बुद्दको मुर्तिको तौल ६० हजार किलो भन्दा धेरै रहेको छ । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिइन्छ भने भगवान विष्णुको पावन क्षेत्रका रुपमा पुज्ने गरिन्छ । सतीदेवीको अंग पतन भएको शक्तिपीठका रुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रलाई बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बततिर यात्रा गर्ने क्रममा ध्यान गरेको पवित्र क्षेत्रका रुपमा लिने गरिन्छ ।
चर्चित नेपाली मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यको सहडिजाइनमा बुद्धमूर्ति निर्माणका लागि २० जना भन्दा धेरै कालिगढहरु संलग्न रहेका थिए । राष्ट्रपतिले वुद्द मुर्ति स्थापनाको प्रसंसा गरेकी थिइन् ।
राष्ट्रपतिले त्यहाँ मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी थिइन् । मुक्तिनाथको दर्शन भ्रमणका लागि राष्टपति भण्डारी काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेकी थिइन् । मुक्तिनाथ पछि उनी बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि पुगेकी थिइन् ।

















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया