मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय, राईलाई मुख्यमन्त्री बनाइने

विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
सोमबारको मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबादुर आङ्बोले जानकारी दिए ।
गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश १ मा आचार्यको सरकार ढालेर गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी पाँच दलीय गठबन्धनको छ । मुख्यमन्त्रीमा कांग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ ।
कात्तिक ७ गते आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसभित्रको किचलोका कारण विश्वासको प्रस्तावमाथि छलफल र मत विभाजनका लागि प्रदेशसभाको बैठक सोमबारसम्मका लागि सरेको थियो ।
मुख्यमन्त्री आचार्य पदमुक्त भए प्रदेश प्रमुखले सोमबार नै प्रदेश सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशमा बहुमतका लगि ४७ मत आवश्यक छ । पाँच दलीय विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् ।
गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा भने दुवै पक्षमा खुलेको छैन ।















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया