सानिमा बैंकका शेयर धनीले १७ प्रतिशत बोनससहित लाभांश पाउने
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:०२

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो शेयर धनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट बैंकले शेयर धनीलाई बोनस र शेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको प्रस्तावअनुसार सो प्रस्ताव पारित भएको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल र थापा पुनः निर्वाचित भएका हुन् ।
आर्थिक वर्ष २०७७–७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेकोमा कूल सम्पत्ति १ खर्ब ६० अर्ब ७५ करोड, कूल निक्षेप १ खर्ब ३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १ अर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको बैंकले जानकारी जनाएको छ ।
सम्बन्धित









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया