सानिमा बैंकका शेयर धनीले १७ प्रतिशत बोनससहित लाभांश पाउने
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:०२

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो शेयर धनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट बैंकले शेयर धनीलाई बोनस र शेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको प्रस्तावअनुसार सो प्रस्ताव पारित भएको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल र थापा पुनः निर्वाचित भएका हुन् ।
आर्थिक वर्ष २०७७–७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेकोमा कूल सम्पत्ति १ खर्ब ६० अर्ब ७५ करोड, कूल निक्षेप १ खर्ब ३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १ अर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको बैंकले जानकारी जनाएको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया