राष्ट्र बैंंकका गर्भनरले भने– मनपरि खाँदा बैंकिङ क्षेत्रमा समस्या
बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कर्जामा वित्तीय संस्था चेतनामुलक हुनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार काठमाडौंमा गहिरिदो तरलता अभावः कारण र समाधान शीर्षकमा गरेको अर्थ संवाद कार्यक्रममा गर्भनर नेपालले तरलता अभाव हुन नदिनका लागि विभिन्न समयमा विभिन्न नियम ल्याउनुपरेको उल्लेख गरे ।
उनले घाँटी नहेरी मनपरि खाएको भनेजस्तै स्रोतबिनाको लगानी बढ्दा वित्तीय संस्थामा समस्या आएको दाबी गरे । गर्भनर नेपालले घाँटी हेरेर हाड निल्दा मात्र बैंकिङ क्षेत्रमा सहज हुने बताए ।
२०७७ को अवधिभरमा निक्षेप संकलन राम्रो भएपनि लकडाउन खुलेयता कर्जा प्रवाह निकै बढेकाले तरलता समस्या आएको उनको भनाई थियो ।
बैंकमा पैसा हुँदा ६ प्रतिशतमै ऋण दिने बैंकको चलनले अहिले केहि समस्या देखिएको गर्भनर नेपालले बताए ।
उनले गत आर्थिक वर्षमा मौद्रिक नीति ल्याउँदा कसरी व्यवसायीलाई व्यवसायमा फर्काउने, अर्थतन्त्रलाई कसरी रिकभर गर्ने भन्नेमा केन्द्रित रहेर व्यवसायको मनोबल बढाएको जानकारी दिए ।
स्रोतबिना ३ खर्ब लगानी बैंकले गर्दा उत्तरदायित्व विर्सन नहुने गर्भनर नेपालको धारणा छ ।
उनले ७ खर्ब रुपैयाँ सरकारी सुरक्षण कोषमा रहेको जानकारी दिदै वित्तीय प्रणालीमा १७ अर्ब तरलता रहेको बताए ।
गभर्नर अधिकारीले शुरुमा डिपोजिट नहुनेले लगानी गर्न नपाउने अवस्था आउने देखेर आफ्नै पैसाको भएपनि लगानी गरुन् भनेर सिडी लागू भएको दाबी गरे ।
बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत
गभर्नर अधिकारीले शेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गरे । गर्भनर नेपालले असल नियतले नीति ल्याएकाले केही निश्चित लगानीकर्तालाई मात्रै फाइदा पुगेको दाबी गरे ।
गर्भनर नेपालले साना लगानीकर्ताले पनि ऋण पाउने विषयमा अध्ययन गरिरहेको पनि बताए ।
कार्यक्रममा नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन दाहालले कर्जा प्रणालीमा घाँटी हेरेर हाड निल्नेमा निजी वित्तिय संस्था लागेको बताए । उनले केन्द्रीय बैंकले ल्याएको नियममै रहेर काम गर्ने भएकाले वित्तीय क्षेत्रलाई आरोप लगाउन नहुने धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकिङ प्रणालीमा तरलता अभावका कारण ४५ लाख शेयर लगानीकर्तामा असर परेको जानकारी दिए ।
तरलता अभावले उत्पादन र उपभोग घटाउने भएकाले शेयरमा नकारात्मक प्रभाव परेको उनले उल्लेख गरे ।
अध्यक्ष गोल्छाले पर्यटन साना तथा मझौला उद्योगमा असर परेको दाबी गर्दै बैंकिङ क्षेत्रमा २० अर्ब तरलता रहेको भनाई राखे ।
प्रतिक्रिया