सुदूरपश्चिम सरकारकाे नेतृत्वमा पनि नेकपा एसकै दाबी

कैलाली । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशकी इन्चार्ज गरिमा शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आफूहरुको दाबी रहेको बताएकी छन् । कात्तिक १० गते सम्पन्न भएको प्रदेश कमिटीको बैठकका निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले मुख्यमन्त्रीमा दाबी रहेको बताएकी हुन् ।
प्रदेश कमिटीको बैठकबाट त्यसका लागि आवश्यक पहल गरिदिन भन्दै केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको उनले बताइन् । हाल एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ ।
नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने माग गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पहिलो, १३ सासंदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, सभामुखसहित ११ सांसद रहेको नेकपा एमाले चौथो तथा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।
बैठकले आउँदो कात्तिक २० गतेभित्र जिल्ला कमिटी गठन तथा विस्तार गर्ने, कात्तिक मसान्तसम्म स्थानीय तहका पालिका कमिटी, मंसिर १५ गतेभित्र सबै पालिकाका वडा कमिटी, मंसिर २० गते भित्र प्रदेश र संघीय निर्वाचन क्षेत्र कमिटी विस्तार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेश कमिटी सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।
कात्तिक २० गतेभित्र पार्टी सदस्यता वितरणको काम सकेर मंसिर ३ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने निर्णयसमेत गरेको सुवेदीले बताए ।
उनकाअनुसार मंसिर ४ र ५ गते केन्द्रीय स्कुल विभागको समन्वयमा प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना हुने छ भने प्रदेश कमिटीका पदाधिकारीको कार्य विभाजनसमेत गरिएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ र महिला फाँट प्रमुखको जिम्मेवारी माया भट्टलाई दिइएको छ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया