शनिबार, फागुन ३, २०८१

राजेन्द्र राईलाई मुख्यमन्त्री बन्न बाटो खुल्यो

नयाँ सरकार गठनको आह्वान, मुख्यमन्त्री पदमा राईको दाबी

मेरोन्यूज २०७८ कार्तिक १५ गते १७:२५

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बन्नका लागि बाटो खुलेको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमवार मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै राईलाई मुख्यमन्त्रीका लागि बाटो खुलेको हो ।

सोमवार प्रदेशसभा वैठकमा विश्वासको मत लिन लागेका आचार्यले विश्वासको मत नलिएर प्रदेससभा बैठकमा राजीनामाको घोषणा गरेका थिए ।

आचार्यले राजीनामा घोेषणा गरेसँगै प्रदेशससभाको बैठक आगामी कत्तिक २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्रीले राजीनामा घोषणा गरेकाले विश्वासको प्रस्तावमाथि मतदानमा जानु नपर्ने भएकोले प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनपछि एमालेतिर रहेका विभिन्न प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका थिए ।

लुम्बिनी, गण्डकी र बाग्मति प्रदेशपछि सोमवार एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामाको घोषणा गरेका हुन् ।

एमालेका तर्फबाट निर्वाचित मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परेपछि सोमवार विश्वासको मत नलिएर प्रदेशसभा बैठकमै राजीनामाको घोषणा गरेका हुन् ।

आइतबार मात्रै केन्द्रीय सत्ता गठबन्धनका पाँचै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका थिए । उनीहरुले आचार्यलाई विश्वासको मत नदिएर आफ्नो गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका हुन् ।

Advertisement
IMEnabil

नयाँ सरकार गठनको आह्वान, मुख्यमन्त्री पदमा राईको दाबी

प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेलगत्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन् ।

प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्ताव आह्वान गरेलगत्तै गठबन्धनले ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेको हो ।

सोमबार दिउँसो प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै प्यासीले मङ्गलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

नयाँ मुख्यमन्त्रीको शपथग्रहण मंगलबार दिउँसो हुनेछ । राईले तिहार अगाडि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।


९२ प्रदेशससभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ४१ सांसद छन् ।

यस्तै, प्रदेश १ मा गठबन्धन दलसँग भने ५० प्रदेशसभा सदस्य छन् । जसमध्ये नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जनता समाजवादी पार्टी (जसपा)का ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका एक सदस्य छन् । एक सिट रहेको राप्रपाले कसको पक्ष लिने भन्ने चाँही अनिश्चित छ ।

यसअघि गत कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका थिए तर नेपाली कांग्रेस र एमालेकै आग्रहमा सो दिनको बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया