आलोपालोको राजनीति
आलोपालोको सहमतिमा शाहीले दिए राजीनामा
महेन्द्रबहादुर गए, जीवनबहादुर आउने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आलोपालो सरकार चलाउने सहमतिका कारण पदबाट राजीनामा दिएका छन् ।
सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले राजीनामाको घोषणा गरेका हुन् । सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिएका छन् ।
काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति अनुसार महेन्द्रबहादुर मुख्यमन्त्री बनेका थिए ।
गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले बताए ।
नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि उनले सम्बोधनमा उल्लेख गरेका छन् ।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो ।
शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।
सम्बोधनका क्रममा शाहीले सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गर्दै अहिलेसम्म आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवादसमेत दिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया