सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गइरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संविदेनशीलताप्रति नेपाल मात्र नभइ विश्व समुदाय लगानु पर्ने बताए ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गरी जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न उनले आग्रह गरे । उनले भने, ‘हिमाल विश्वकै पानीको मुख्य स्रोत हो । यसमा पर्ने असरले विश्व समुदायलाई नै प्रभावित पार्छ । हिमाललाई केवल हिमालका रुपमा मात्र नभई समग्र मानव समाजको उन्नति र प्रगतिको स्रोतका रुपमा लिनुपर्छ ।’
विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाए । उनले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताए । उनले नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान ९एनडिसी० पेस गरेको पनि जानकारी दिए ।
प्रधानमन्त्री देउवाले कूल ऊर्जाको मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट पूर्ति गर्न सुनिश्चित गरिने र सन् २०३० भित्र ४५ प्रतिशत वन क्षेत्र बनाउने बताए । उनले नेपालको करिब ८० प्रतिशत जनसंख्या प्राकृतिक र जलवायुजन्य प्रकोपबाट जोखिममा रहेको जानकारी गराए । प्रधानमन्त्री देउवाले विगत ४० वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट नेपालमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको भौतिक र आर्थिक क्षति पुगेको बताए ।
सम्बोधनमा देउवाले प्रकृतिको मूल्यलाई स्वीकार गर्दै प्रकृति संरक्षण र जलवायु परिवर्तनमा सँगै काम गर्नका लागि समर्पित संस्था स्थापना गर्ने निर्णय गरेको बताए । सम्मेलनमा ११७ देशका राष्टट्टप्रमुख तथा सरकारप्रमुखको सहभागीता छ । उनीहरुले मंगलबारसम्म सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया