कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीले दाबी पेश गर्दै
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १५:३०
काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गर्ने भएका छन् । त्यसका लागि उनी छलफलमा जुटेका छन् ।
निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै कर्णाली प्रदेश मुख्यमन्त्रीविहीन बनेको हो । यससँगै कांग्रेस संसदीय दलका नेता शाहीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् । यसका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज साँझ ७ः३० बजे सम्मको समय तोकेका छन् ।
कांग्रेससँग भएको सहमतिअनुसार सत्ता सम्हालिरहेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत शाहीले पदबाट राजीनामा दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया