मुख्यमन्त्री राईको पहिलो निर्णयः आचार्य नेतृत्वको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेज

काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई सरकारको मंगलबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
बैठकले प्रदेशका १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायमध्येबाट एक÷एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको छ ।
यस्तै बैठकले लोपोन्मुख संस्कृति संरक्षणका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको मन्त्री आङ्बोले बताए ।
















नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया