नेकपा एसको विदेश विभाग प्रमुखमा झलनाथ खनाल
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १७:३०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनालले पाएका छन् ।
बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा।विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।
एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।
शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा। गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया