स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १९ गते १५:३०
भक्तपुर । स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१६ प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका ८ बोडे तीन दोबाटोमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका ६ घर भई मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा घाइते भएका तामाङलाई उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिकाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया