शनिबार, फागुन ३, २०८१

रवीन्द्र मिश्रलाई नेता सिंहले भने : सानो पार्टी चलाउन नसक्ने ठूला कुरा गर्ने

मेरोन्यूज २०७८ कार्तिक १९ गते १६:११

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रप्रति कटाक्ष गरेका छन् । वैकल्पिक राजनीतिको वकालत गर्दै आएका मिश्रप्रति नेता सिंहले कटाक्ष गरेका हुन् ।

Advertisement
IMEnabil

नेपाल संवत ११४२ का अवसरमा आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले सानो पार्टी चलाउन नसक्नेले ठूला कुरा गरेर जनतालाई भ्रम छर्ने आरोप लगाएका हुन् ।

‘चुनावको बेला नयाँ पार्टी खोल्ने, चर्का नारा दिने, ठूला कुरा गर्ने तर सानो पार्टी चलाउन नसक्नेले काठमाडौंका जनतालाई झुक्याइरहेका छन्’, उनले भने । फुटको संघारमा रहेको विवकेशी साझा पार्टीका अध्यक्ष मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा सिंहविरुद्ध संसदीय निर्वाचन लडेका थिए ।

प्रतिक्रिया