म्याद नाघेका सामान बेच्ने व्यापारी कारबाहीमा
काठमाडौँ । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ ।
टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो ।
टोलीले राजविराज नगरपालिका ७ स्थित आरयुपी जनरल स्टोरलाई १० हजार रूपैयाँ जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । अनुगमनका क्रममा सिरहाका विभिन्न पसलबाट ६० हजार रूपैयाँ तथा सप्तरीका पसलबाट ९५ हजार रूपैयाँको म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।
सिरहा सदरमुकामस्थित प्रदीप हट कोल्ड एण्ड जनरल स्टोर, श्रवण इन्टरप्राइजेज, रवि जनरल स्टोर तथा सप्तरीको राजविराजस्थित सियाराम किराना पसल, अल इमरान जनरल स्टोर, आनन्द किराना पसल, सगरमाथा होटल, महुली होटल, सप्तरीको कञ्चनरुप नगरपालिका–८ को निखिल किराना स्टोर, महेन्द्र किराना पसल, दुखन किराना पसल तथा प्रमोद पान पसलबाट सामान बरामद गरी नष्ट गरेको छ ।
पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद नाघेका खाद्यवस्तुलाई नष्ट गर्न तथा उनीहरुलाई सचेत गराइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।










ओलीले गराए उम्मेदवारी दर्ता
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया