कर्णाली प्रदेशको मन्त्रालयमा भागबण्डामा समस्या छैन : मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालयको भागबण्डामा कुनै समस्या नरहेको बताएका छन् । उनले अहिले कायम रहेको ८ वटा मन्त्रालयलाई घटाउने विषयमा भने छलफल शुरु भएको जानकारी दिए ।
मुख्ममन्त्री शाहीले ७ वटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा यसअघिका मुख्यमन्त्रीले एउटा मन्त्रालय फुटाएर ८ वटा मन्त्रालय बनाएको भएका थिए । उनले अहिले एउटा मन्त्रालय कम गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
मन्त्रालयको भागबण्डामा समस्या नरहेको भन्दै उनले भने, ‘यसअघिको सरकारलाई विश्वासको मत दिने बेलैमा मन्त्रालयको भागबण्डाको टुंगो लागिसकेको थियो ।
७ वटा मन्त्रालय रहँदा मुख्यमन्त्रीसहित कांग्रेसले एक, माओवादी केन्द्रले तिन र नेकपा एकीकृत समाजवादी पार्टीले ३ मन्त्रालय पाउने सहमति यसअघि नै बनिसकेको बताए ।
नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही काठमाडौं गएको र तिहारपछि उनी फर्किएपछि मन्त्रीमण्डल विस्तार हुने मुख्यमनत्री शाहीले जानकारी दिए । उनले भने, ‘निवर्तमान मुख्यमन्त्री काठमाडौँ जानु भएको छ, उहाँ सुर्खेत फर्किएपछि मन्त्रीमण्डल विस्तार हुन्छ । मन्त्रालय भागबण्डामा कुनै समस्या छैन ।’
मन्त्रालयका संख्या अहिलेकै कायम रहे कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री, माओवादी केन्द्रले तिन र नेकपा एकिकृत समाजवादीले तिन मन्त्रालय पाउने आन्तरिक सहमति बनेको छ ।
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया