कर्णाली प्रदेशको मन्त्रालयमा भागबण्डामा समस्या छैन : मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालयको भागबण्डामा कुनै समस्या नरहेको बताएका छन् । उनले अहिले कायम रहेको ८ वटा मन्त्रालयलाई घटाउने विषयमा भने छलफल शुरु भएको जानकारी दिए ।
मुख्ममन्त्री शाहीले ७ वटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा यसअघिका मुख्यमन्त्रीले एउटा मन्त्रालय फुटाएर ८ वटा मन्त्रालय बनाएको भएका थिए । उनले अहिले एउटा मन्त्रालय कम गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
मन्त्रालयको भागबण्डामा समस्या नरहेको भन्दै उनले भने, ‘यसअघिको सरकारलाई विश्वासको मत दिने बेलैमा मन्त्रालयको भागबण्डाको टुंगो लागिसकेको थियो ।
७ वटा मन्त्रालय रहँदा मुख्यमन्त्रीसहित कांग्रेसले एक, माओवादी केन्द्रले तिन र नेकपा एकीकृत समाजवादी पार्टीले ३ मन्त्रालय पाउने सहमति यसअघि नै बनिसकेको बताए ।
नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही काठमाडौं गएको र तिहारपछि उनी फर्किएपछि मन्त्रीमण्डल विस्तार हुने मुख्यमनत्री शाहीले जानकारी दिए । उनले भने, ‘निवर्तमान मुख्यमन्त्री काठमाडौँ जानु भएको छ, उहाँ सुर्खेत फर्किएपछि मन्त्रीमण्डल विस्तार हुन्छ । मन्त्रालय भागबण्डामा कुनै समस्या छैन ।’
मन्त्रालयका संख्या अहिलेकै कायम रहे कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री, माओवादी केन्द्रले तिन र नेकपा एकिकृत समाजवादीले तिन मन्त्रालय पाउने आन्तरिक सहमति बनेको छ ।
प्रतिक्रिया