ग्यास सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु, दुई घाइते
मेरोन्यूज
२०७८ कार्तिक १९ गते २१:४३
काठमाडौँ । ललितपुरको मगंल बजारमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय इन्द्रमणि ताम्राकारको घरमा ग्यास विस्फोट भएको हो । विस्फोटबाट घर पूर्ण रुपमा क्षति भएको छ । घाइतेहरूको उपचारका लागि पाटन अस्पताल लगिएको छ ।
घटनामा अन्य पाँच जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया