सल्यान बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १४:५४

काठमाडौँ । सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरी अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।
सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार बिहान ११ बजे दुर्घटना भएको थियो । घटनामा कम्तीमा २० जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बाँकी घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस सडकबाट २ सय मिटर तल खसेको थियो ।
मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको प्रहरीलेजनाएको छ ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया