रोकिएका कांग्रेस वडा अधिवेशन २७ गतेदेखि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको दशैँ र तिहारका कारण रोकिएका वडा अधिवेशन आगामी २७ गतेदेखि हुने भएको छ । १४ औँ महाधिवेशनअन्तगर्त वडा अधिवेशनसमेत नभएका १३ जिल्लाहरू प्रदेश २ का जिल्ला बारा, पर्सा सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, रौतहटसहित सिन्धुपाल्चोक, कैलाली, सुर्खेत, बाँके र डोल्पा गरी १२ जिल्लामा छठलगत्तै वडा अधिवेशन हुँदैछ ।
यी जिल्लामा वडा अधिवेशन गराउन कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदान अधिकृतसमेत परिचालन गरिसकेको जनाएको छ । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार रोकिएका १३ जिल्लामा वडा अधिवेशन पछिल्लोपटक सार्वजनिक गरिएको तालिका बमोजिम २७ गतेबाट सुरु हुने भएको हो ।
उनले भने, ‘रसुवा र रौतहटमा क्रियाशील सदस्यताको टुंगो नलागेको हुँदा २७ गते अधिवेशन हुदैन्, यी बाहेकका जिल्लामा कात्तिक २७ देखि अधिवेशन सुरु हुनेछ भने यी जिल्लाका लागि मतदान अधिकृत खटाइसकेका छौँ ।’
हिमाली १४ जिल्लामा अधिवेशन भइसकेको छ भने हिमाली जिल्लाहरू दार्चुला, सोलुखुम्बु र म्याग्दीमा कात्तिक २७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने छ । यी तीन जिल्लासहित जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन हुने छ । जुम्लामा वडा र पालिका अधिवेशन भइसकेको छ ।
वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेका अन्य ४६ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने छ । अधिवेशन हुन बाँकी सबै जिल्लामा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने छ भने मंसिर १० मा जिल्ला अधिवेशन हुने छ ।
महाधिवेशनको कार्य तालिकाअनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुने छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गतेसम्म तय गरिएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया