मंगलबार, मंसिर २३, २०८२

दुर्घटनामा एकको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २३ गते ९:०५

मकवानपुर । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । मृतक पुरुषको उमेर अन्दाजी ३०÷३२ वर्ष रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया