शनिबार, पुष ५, २०८२

शिवम सिमेन्ट्सका सिइओको राजीनामा स्वीकृत

मेरोन्यूज २०७८ कार्तिक २३ गते १६:२४

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र सिंहाले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले स्वीकृत गरेको हो ।

पारिवारिक तथा व्यक्तिगत कारण देखाउँदै सिंहाले राजीनामा दिएको शिवम् सिमेन्ट्सले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई ०७७ भदौ ३१ गतेदेखि लागु हुने गरी सिइओमा नियुक्त गरेको थियो ।

नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा उनलाई सिइओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी भारतीय नागरिक हुन् ।

प्रतिक्रिया