स्नेहा आश्रमका बालबालिकासँग मनाए गायक कबिन्द्रले जन्मदिन

काठमाडौं । ‘डाँडैमा मेला लागेछ, तिम्रो मेरो मायाको आधार, रिमझिम रिमझिम’ लगायतका चर्चित गीतका गायक कबिन्द्र श्रेष्ठले मुलपानीस्थित स्नेहा आश्रममा आफ्नो जन्मदिन मनाएका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमै नेवारी संस्कृति अनुसार पुजासँगै मन्दिरको दर्शनपछि अनाथालयका बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन् ।
गायक कबिन्द्रले जन्मदिनको अवसर पारेर मुलपानीस्थित स्नेहा आश्रमलाई ३० हजार रुपैंयाँ आर्थिक सहयोग पनि प्रदान गरे । उनले हरेक वर्षका जन्मदिनमा विभिन्न अशक्त तथा अनाथालयलाई सहयोग गर्दै प्रदान गर्दै आएको र यसपटक पनि सहयोग गरेको जानकारी गराए ।
‘मैले जन्मदिनमा मात्रै होइन अन्यबेला पनि बिभिन्न ठाउमा सहयोग गर्ने गरेको छु । यसपटक स्नेहा आश्रममा सानो सहयोग गरेको हुँ ।’ – उनले भने । स्नेहा आश्रम कलाकार सुलेमान शंकर (ईकु) ले सञ्चालन गर्दै आएका छन् ।
शुलेमानले आश्रम सञ्चालन गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए ।
बि.स. २०४९ सालमा पहिलो एल्बम सार्वजनिक गरेर सांगितीक क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका गायक कबिन्द्रले बीचका केहिवर्ष गीत संगीतमा ब्रेक लिए पनि पछिल्लो समय सक्रिय छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया