पौडेलले छुट्टै बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विहीबार बालुवाटारमा आफू निकट नेताहरुको छलफल डाकेको भोलिपल्ट पौडेले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
पौडेलले शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।
कात्तिक २८ गते आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत साझा धारणा तय गर्न पौडेलले आफू पक्षको बैठक बोलाएका हुन् ।
आइतबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षालगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।
काँग्रेसले काठमाडौं भृकुटीमण्डपमा आगामी मंसिर २४ गतेदेखि १४ औं महाधिवेशन गर्दैछ । कांग्रेसले महाधिवेशन आयोजना गर्न तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ ।
सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले वरिष्ठ नेता पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाएको छ । तर उक्त समिति गठनप्रति काँग्रेसको संस्थापनइतर पक्षका नेताहरुकै असन्तुष्टि रहेको छ ।
यो पनि पढ्नुस्
वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच नै मनमुटाव
















कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया