मूल्यवृद्धिको चौतर्फी विरोध
सत्ता गठबन्धनकै विद्यार्थी संगठनबाट आन्दोलन घोषणा

काठमाडौं । नेपाल आयल निगमले लगातार इन्धनको मूल्य बढाएकोमा सत्ता गठबन्धनकै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।
सत्ता गठबन्धनमा रहेका दल निकट विद्यार्थी संगठनहरुले विहीबार आन्दोलनको घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुसहित विभिन्न ६ विद्यार्थी संगठनले विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले आयल निगमका महाप्रबन्धकलगायतका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेदेखि खाली सिलिण्डर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरेका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउने, कात्तिक २६ गते दुई घण्टा निगमका महाप्रबन्धकसहित कर्मचारीलाई प्रवेश निषेध र कार्यालय घेराउ गर्ने, कात्तिक २८ गते काठमाडौंको प्रदर्शनीमार्गमा खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशैभरको आयल निगम कार्यालयमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने तथा मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस सञ्चालन गर्ने रहेका छन् ।
संयुक्त विज्ञप्तिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थीका रुपनारायण श्रेष्ठ, वैद्य माओवादी निकट क्रान्तिकारीका हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका प्रकाश शाही र छैठौंका देवेन्द्र कुवँरले हस्ताक्षर गरेका छन् ।


















मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’
PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले खोले बैंक खाता
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
सम्बोधनअघिको दबाबमा ट्रम्प
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया