लागुऔषधसहित दुई युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
लागुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित नियन्त्रणमा लिएको हो । आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा लागुऔषधसहित महरालाई पक्राउ गरिएको जनाएको छ ।
यसैगरी प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका–१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरेको जनाएको छ ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया