गृहमन्त्रीलाई बरिष्ठ अधिवक्ताको टेलिफोन : सर्वोच्चमा भल्गर देखियो है बाबु !’
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले सिधै आधा घण्टामा सशस्त्र प्रहरी हटाउन गृहमन्त्रीलाई टेलिफोन गरेपछि अहिले सर्वाेच्चबाट शसस्त्र प्रहरी हटेको छ

काठमाडौं । सर्वाेच्च अदालत परिसरमा प्रधानन्नायाधीस चालेन्द्र सम्शेर राणालाई प्रवेशमा रोक लगाउने भन्दै विहिवार नै नेपाल बार एसोसिएसनले थप संर्घषका कार्यक्रम घोषणा गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरिरहेका कानुन व्यवसायीमाथि प्रहरीले विहिवार धरपकड गरेपछि वारले प्रधानन्यायाधीसलाई सर्वाेच्च प्रवेशमा रोक लगाउने र शुक्रवारका सम्पूर्ण इजलास मा वहस पैरवी नगर्ने घोषणा गरेको थियो ।
त्यक्तिमात्र होइन, कानुन व्यवसायीहरूले सम्भवतः पहिलोपटक मुलुकको प्रधानन्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाउँदै सर्वोच्च परिसरमै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ ।’ भन्ने सम्मको नारा लगाएका थिए ।
बार आन्दोलनमा कडा भएर उत्रन थालेपछि विहानै देखि सर्वाेच्च परिसरमा शसत्रस् प्रहरी वाक्लो मात्रामा खटाईएको थियो । प्रधानन्यायाधीस राणाले पनि निवासवाटै आजका लागि आफुलाई इजलास नतोकी अन्य न्यायाधीसहरुलाई इजलास तोकर चोर वाटोवाट सर्वाेच्च अदालत परिसर प्रवेश गरेका थिए ।
प्रधानन्नायाधीसको पक्ष /विपक्षमै कानुन ब्यवसायीहरुले सर्वाेच्च परिसरको गेट अगाडी आन्दोलन गरेका थिए । त्यसक्रममा झडप हुादा प्रधानन्यायाधीसको वचाउमा पुगेका ५ जनालाई प्रहरीले प्रक्राउ समेत गरेको थियो । बारले भने मुल गेट अगाडी धर्ना दिएको थियो ।
इत्रतत्र जताततै वाक्लो मात्रामा सुरक्षाकर्मी त्यसमा पनि शसस्त्र प्रहरी देखेपछि धर्नास्थलवाटै एक जना वरिष्ठ कानुन ब्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणलाई टेलिफोन गरे ।
ती वरिष्ठ अधिवक्ता थिए –बद्रीबहादुर कार्की ।
उनले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठकै अगाडी गृहमन्त्रीलाई धर्नास्थलवाटै फोन गरेर भने, -‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’
कार्कीले खाँणलाई यति धेरै सुरक्षाकर्मी प्रयोग ‘अनसिभिलाइज्ड देखिन्छ, सर्वोच्चमा भल्गर देखियो है बाबु ! भन्दै आधा घण्टामा सुरक्षाकर्मी फर्काउन भनेका थिए । ‘न्यायालय प्रहरी प्रशासन प्रयोग गरेर चलाउने होइन,’ वरिष्ठ अधिवक्ता कार्कीले मन्त्री खाँणलाई भने, ‘यति धेरै सुरक्षाकर्मी प्रयोग ‘अनसिभिलाइज्ड देखिन्छ, सर्वोच्चमा भल्गर देखियो है बाबु !, ’
त्यसपछि भने गृहमन्त्रीले शसत्रस्का प्रहरी महानिरीक्षकलाई टेलिफोन गरेर सुरक्षाकर्मी सर्वाेच्चबाट हटाउन निर्देशन दिएका थिए । अहिले सर्वाेच्च परिसरवाट सशस्त्र प्रहरी हटाईएको छ ।

















ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
निर्वाचनका लागि चीनले ४० लाख डलर अनुदान सहयोग गर्ने
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
प्रतिक्रिया