बुधबार, फागुन १३, २०८२

टिकटक स्टार नेपाल रियालिटी शो हुने, मन्त्री र कलाकारहरू सम्मानित

मेरोन्यूज २०७८ कार्तिक २७ गते ७:०९

काठमाडौँ । पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकमा केन्द्रीत रहेर टेलिभिजन रियालिटी आउने भएको छ । शिखर नेपाल प्रा.लि.ले उत्पादन गर्न लागेको “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” नाम राखिएको छ । यसमा अभिनय, गायन, नृत्य तथा सिर्जनात्मक प्रस्तुतिका माध्यमबाट सहभागी हुन सकिने छ ।

Advertisement
nepal life insurencenepal life insurence

‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ मा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहने छन् । आयोजकका अनुसार यस शोमा प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहार प्रदान गरिने छ । साथै, उत्कृष्ट १० भित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टि.भी., फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी दिए ।

बुधबार राजधानीमा एक पत्रकार सम्मेलनमार्फत ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ बारेमा जानकारी दिइएको थियो । माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कलाकारलाई शिखर सम्मान प्रदान गरिएको थियो । अभिनेता भुवन केसी, सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्यलाई ‘शिखर सम्मान २०७८’ बाट सम्मानित गरिएको थियो ।

नेकपा एकीकृत समाजवादीका सांसद तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेको छ । डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ टेलिभिजन शो अर्थपूर्ण रहेको छ ।’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘टिकटकका माध्यमबाट समाजमा नकारात्मकता कुरा मात्रै बढी प्रवाह भइरहेको भन्ने खालका तीता टिप्पणीलाई ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ तोड्ने विश्वास छ ।’

यो रियालिटी शो नाइस टेलिभिजन एचडीबाट प्रशारण हुनेछ । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्डदेखि ३ मिनेटसम्मको हुनु पर्नेछ भने अनलाइन अडिसनको समय मंसिर मसान्तसम्म रहेको छ । टिकटकलाई कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउंन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए । यो शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया