विद्यार्थीलाई प्रचण्डको परिपत्र : केन्द्रीय समिति १९९ सदस्य हुने गरी पदाधिकारी र सदस्यहरू चयन गर्नु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति १९९ सदस्यीय हुने भएको छ । राष्ट्रिय सम्मेलनअगाडि विधान सम्मेलन गरी पारित भएको केन्द्रीय पदाधिकारी तथा सदस्य संख्यामै रहेर कार्य समिति चयन गर्न पार्टीको स्थायी समिति बैठकले निर्णय गरेको छ ।
कात्तिक २३ गते बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने ठोस निर्णय गरेको हो ।
राष्ट्रिय सम्मेलन असोज १४ देखि १८ गतेसम्म काठमाडौँमा चलेको थियो । सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र चयन गरेको छ । अन्य पदाधिकारी र केन्द्रीय समिति क्रान्तिकारीले चयन गर्न सकेको छैन । विधान सम्मेलनले पारित गरेको भन्दा बढी संख्याको पदाधिकारी र केन्द्रीय समिति बनाउने प्रयास भएपछि विवाद बढेको थियो । त्यसपछि पुरानो कार्यालय टिमलाई पछि निर्णय गर्न दिने गरी सम्मेलन अध्यक्ष मात्र चयन भएर टुंग्गिएको थियो ।
पदाधिकारीमा विशेष गरी महासचिव को बन्ने, कति संख्याको पदाधिकारी बन्ने र केन्द्रीय समिति कति बनाउने भन्नेमा चर्काे विवाद थपिएको थियो । विवाद मिलाउन ३९९ सदस्यीय केन्द्रीय समिति बनाउने र ८१ जनाको पदाधिकारीसम्म बनाउने विषयमा पनि प्रस्ताव आएपछि थप विवाद जन्मिएको थियो ।
अब पार्टीले नै १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनु पर्ने र पदाधिकारी लगायत सबै कमिटी तत्काल टुंग्गो लगाउनु पर्ने गरी सर्कुलर अध्यक्ष प्रचण्डले गरिसकेका छन् ।
विद्यार्थी मोर्चाको सम्मेलनमा पारित विधानअनुसार केन्द्रीय समिति १९९ सदस्य हुने गरी पदाधिकारी र सदस्यहरु छिटो चयन गर्ने, अध्यक्षले जारी गरेको परिपत्रमा उल्लेख छ ।

















ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
निर्वाचनका लागि चीनले ४० लाख डलर अनुदान सहयोग गर्ने
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
प्रतिक्रिया