खनालको दस्तावेजः जबज पार्टीको मार्गदर्शक सिद्धान्त बन्न सक्दैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।
पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकमा बोल्दै खनालले पार्टीको मार्गनिर्देशक सिद्धान्तकोबारेमा स्पष्ट गरेका छन् ।
मार्क्सवाद–लेनिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रूपान्तरणका कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने उनको तर्क छ ।
खनालले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्ति एउटा नयाँ मोडबाट अघि बढ्दै गरेको पनि जिकिर गरेका छन् ।
पाँचौ महाधिवेशनमा मदन भण्डारीले अघि सारेको जताको बहुदलीय जनवादको माग, नीति र सिद्धान्तलाई नेपालको संविधानमा पूर्ण रुपमा संस्थागत गरिएको भन्दै खनालले जबज भनेको पनि पूँजीवादी जनवादकै एउटा रुप भएको आफ्नो टिपोटमा उल्लेख गरेका छन् ।
आफ्नो ९ बुँदे धारणा सार्वज्निक गर्दै उनले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भई समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको बताएका छन् ।
खनालले माक्र्सवाद लेलिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रुपान्तरणका कार्यदिशा, नीति र सिद्धान्तहरुको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने बताएका छन् ।
एकीकृत समाजवादी केन्द्रीय समितिको दोस्रो बैठकमा खनालले राजनीतिक बैचारिक टिपोटका रुपमा सुझावहरु पेश गरेका छन् ।
पार्टीको सम्मानित नेताका रुपमा राजनीतिक टिपोटहरु प्रस्तुत गरेका उनले आफूहरुले बिद्रोह गर्नुपर्नाको कारण, माक्र्सवाद र वर्गीय लोकतन्त्रका ऐतिहासिक स्वरुपहरु, जबजको वर्गचरित्र तथा पार्टीले गर्नुपर्ने कामहरुलाई पनि बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।
यस्तो छ, नेता खनालले पेश गरेको बैचारिक राजनीतिक टिपोटहरुः

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया