इन्धनको मूल्यवृद्धिविरुद्ध विप्लव समूहद्वारा मशाल जुलुस प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध मंगलबार नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौंसहित देशका विभिन्न ठाउँमा सोमवार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ ।
इन्धनमा भएको मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दै आएको विप्लव समूहले सोमवार साँझ काठमाडौंसहित देशका विभिन्न शहरहरुमा मशाल जुलुस निकालेको छ ।
इन्धनमा भएको मूल्यवृद्धि विरुद्ध घोषित बन्दको पूर्व सन्ध्यामा सो समूहले मशाल जुलुस प्रदर्शन गरेको हो । विप्लव समूहले सोमवार साँझ काठमाडौंका डिल्लीबजारबाट छापामार शैलीमा मशाल जुलुस प्रदर्शन गरेको थियो । डिल्लीबजारबाट निकालिएको मशाल जुलस पुतलीसडक पुगेर तितरबितर भएको थियो ।
नेपाल आयल निगमले पछिल्लो पटक गत बुधबार रातीदेखि लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । मूल्यवृद्धि विरुद्ध सत्तारुढ दल निकट विद्यार्थीहरुसमेत आन्दोलित छन् ।
















सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया