बन्द गराउने विप्लवका कुन-कुन नेता समातिए ?

काठमाडौँ । पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक सामाग्रीमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले घोषणा गरेको नेपाल बन्दमा देशभरबाट करिब सय जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
बिहानको समयमा सुनसान देखिए पनि दिउँसोदेखि बन्दको प्रभाव सामान्य बनेको छ । तर, देशका विभिन्न भागबाट बन्द गराउँदै हिँडेका नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । मेरोन्युजलाई प्राप्त जानकारीअनुसार अहिलेसम्म नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’सहितका सयौँ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
विप्लव नेतृत्व पार्टीका केन्द्रीय सदस्य आधारसहित १३ जनालाई प्रहरीले बिहान बनेपाबाट नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, पार्टीको युवा संगठनका केन्द्रीय महासचिव विदुषीसमेत पक्राउ परेकी छन् । युवा संगठन नेपालका महासचिव विदुषी र कान्छा तामाङलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको उक्त संगठनका अध्यक्ष पाटन जंगलीले जानकारी दिए ।
ललितपुरबाट नेकपा ललितपुरका सेक्रेटरी रमेश डंगोल पक्राउ परेका छन् । काठमाडौँ कालीमाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौँ सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सदस्य सुवास महत पक्राउ परेका छन् । यसैगरी, प्रहरीले काठमाडौँ क्षेत्रपाटीबाट नेवाः मोर्चा काठमाडौँका अध्यक्ष दीपक मानन्धर ‘संघर्ष’लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले नेकपा कास्कीका जिल्ला सदस्य एवम् कार्यालय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट नियन्त्रणमा लिएको छ ।
सिन्धुलीबाट पनि बन्द गराउँदै हिँडेका २६ जना पक्राउ परेका छन् । जिल्ला सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटीका सदस्य शशी राई, युवा संगठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मिम ऐडीलगायत २६ जना पक्राउ परेको नेकपाले जनाएको छ ।
उता रुकुमबाट प्रहरीले नेकपाका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मोतीराम खड्का, जिल्ला अध्यक्ष सोमपाल कामीलगायत छन् ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया