उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक शुरु

काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सिंहदरबारमा शुरु भएको छ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको पहिलो बैठक बसेको हो । समितिको पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहभागिता रहेको छ ।
बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रियसभा निर्वाचन, समितिको कार्यविधि, समितिको सचिवालय बनाउने लगायतका विषयमा छलफल हुँदैछ ।
समिति गठन गरेकै दिन कात्तिक ३० गते पहिलो बैठक गर्ने दलहरुबीच सहमति भएको थियो ।
समन्वय समितिमा नेपाली कांग्रेसबाट पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल छन् ।


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया