शनिबार, पुष ५, २०८२

शेयर बजारमा सुधार

मेरोन्यूज २०७८ कार्तिक ३० गते १७:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ ।

सोमबार २६ अंकले बढेको नेप्से मंगलबार ६९ अंकले बढेर २७ सय ८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा सुधार सँगै मंगलबारको कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार २ सय २७ कम्पनीका १ करोड ९३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइ हाइड्रोपावर, माथिल्लो तामाकोसी, मैलुङखोला जलविद्युत्, मानुसी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया