शेयर बजारमा सुधार
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १७:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ ।
सोमबार २६ अंकले बढेको नेप्से मंगलबार ६९ अंकले बढेर २७ सय ८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेमा सुधार सँगै मंगलबारको कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार २ सय २७ कम्पनीका १ करोड ९३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइ हाइड्रोपावर, माथिल्लो तामाकोसी, मैलुङखोला जलविद्युत्, मानुसी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया