तालिबानले अमेरिकासँग माग्यो आफ्नो पैसा

काठमाडौँ । अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले अमेरिकासँग आफ्नो फ्रिज भएको रकम माग गरेको छ । तालिबानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्तकीले आफ्नो देशको फ्रिज भएको रकम फिर्ता दिनु पर्ने बताएका हुन् ।
‘कतारको राजधानी दोहामा भएको सम्झौताअनुसार हामी र अमेरिकाबीच कुनै विवाद छैन, जबकि विवाद नै नभएपछि हाम्रो रकम फ्रिज गर्नुको कुनै अर्थ छैन,’ मन्त्री मुत्तकीले भने, ‘अमेरिकी कांग्रेसले सेन्ट्रल बैंकमा फ्रिज गर्न खोजिएका हाम्रो रकम फिर्ता गरिदियोस् ।’
तालिबानले १५ अगष्टमा अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाउँदै पूरै देश आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिकी सेनालाई परास्त पारेसँगै अमेरिकाले आफ्नो देशमा भएको अफगानिस्तानको सबै पैसा भएको एकाउण्ट तथा पैसा फ्रिज गरिदिएको थियो । योसँगै तालिबान सरकारका लागि आर्थिक संकट देखा परेको थियो ।
मन्त्री मुत्तकीले अमेरिकी कांग्रेसका लागि पत्र लेखेका छन् । यस पत्रमा उनले आफूहरूलाई आर्थिक संकट देखा परेको खुलाएका थिए ।
‘अमेरिकाको साथ हामीले दोहामा सम्झौता गरेका थियौँ, यसपछि अफगानिस्तान र अमेरिकाबीच कुनै सीधा वा सैन्य विवाद रहेको छैन,’ मुत्तकीले लेखेका छन्, ‘म चकित छु, हाम्रो देशमा नयाँ सरकार आएसँगै अमेरिकाले हाम्रो सेन्ट्रल बैंक र रकम किन फ्रिज गरिदियो ? यो सम्झौताको उल्लंघन हो ।’ एजेन्सी
















भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया