तालिबानले अमेरिकासँग माग्यो आफ्नो पैसा

काठमाडौँ । अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले अमेरिकासँग आफ्नो फ्रिज भएको रकम माग गरेको छ । तालिबानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्तकीले आफ्नो देशको फ्रिज भएको रकम फिर्ता दिनु पर्ने बताएका हुन् ।
‘कतारको राजधानी दोहामा भएको सम्झौताअनुसार हामी र अमेरिकाबीच कुनै विवाद छैन, जबकि विवाद नै नभएपछि हाम्रो रकम फ्रिज गर्नुको कुनै अर्थ छैन,’ मन्त्री मुत्तकीले भने, ‘अमेरिकी कांग्रेसले सेन्ट्रल बैंकमा फ्रिज गर्न खोजिएका हाम्रो रकम फिर्ता गरिदियोस् ।’
तालिबानले १५ अगष्टमा अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाउँदै पूरै देश आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिकी सेनालाई परास्त पारेसँगै अमेरिकाले आफ्नो देशमा भएको अफगानिस्तानको सबै पैसा भएको एकाउण्ट तथा पैसा फ्रिज गरिदिएको थियो । योसँगै तालिबान सरकारका लागि आर्थिक संकट देखा परेको थियो ।
मन्त्री मुत्तकीले अमेरिकी कांग्रेसका लागि पत्र लेखेका छन् । यस पत्रमा उनले आफूहरूलाई आर्थिक संकट देखा परेको खुलाएका थिए ।
‘अमेरिकाको साथ हामीले दोहामा सम्झौता गरेका थियौँ, यसपछि अफगानिस्तान र अमेरिकाबीच कुनै सीधा वा सैन्य विवाद रहेको छैन,’ मुत्तकीले लेखेका छन्, ‘म चकित छु, हाम्रो देशमा नयाँ सरकार आएसँगै अमेरिकाले हाम्रो सेन्ट्रल बैंक र रकम किन फ्रिज गरिदियो ? यो सम्झौताको उल्लंघन हो ।’ एजेन्सी










एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया