सोमबार, चैत ३०, २०८२

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

मेरोन्यूज २०७८ मंसिर ३ गते १५:४६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका हुन् । पार्टी संसदीय दलको कार्यालय सिहदरबारमा दिउँसो सवा २ देखि ३ बजेसम्म भेटवार्ता भएको हो । भेटमा अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि सहभागी थिए ।

नेपाल भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयको प्रतिनिधि मण्डलले नेपालका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिरहेका छन् । भेटका क्रममा उनीहरुले अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनबारेमा जिज्ञासा राखेका छन् ।

यसअघि शुक्रबार नै नेपाल भ्रमणमा रहेको अमेरिकी प्रतिनिधि मण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।

शु्क्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर उनीहरुले एमाले प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेको हो । भेटमा एमाले अध्यक्ष ओली, संसदीय दलका उपेनता सुवास नेम्वाङ, स्थायी समिति सदस्य विष्णु रिमाललगायतको सहभागिता रहेको थियो ।

एमालेसँगको भेटमा पनि उनीहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम चयालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनबारेमा जिज्ञासा राखेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया