सर्वाेच्चमा आज पनि कानुन ब्यवसायी र प्रहरीवीच घम्साघम्सी
अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दंगा प्रहरी हटाउन बारको आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल वार एसोसिएसनका कानुन व्यवसायी र प्रहरीबीच आज पनि सर्वाेचच अदालत परिसरमा घम्साघम्सी चलेको छ । प्रधानन्यायाधीस राणाले वार्ताका लागि गरेको आह्र्वानलाई अश्वीकार गदै थप चरणवद्द आन्दोलन घोषणा गरेको बारले आज वन्दी पत्यक्षीकरणका बाहेक मुद्दाको वहस पैरवी समेत नगर्ने घोषणा गदै धर्ना जारी राखेको थियो ।
करिब एक महिनादेखि नेपाल बार एसोसिएसन प्रधानन्यायाधीस राणाको राजीनामा माग गदै आन्दोलनमा छ । वारले आइतबार पनि जारी राखेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि केही वेर सर्वाेच्च परिसरमा कानुनब्यवसायी र प्रहरीका वीचमा धकेलाककेल भएको हो ।
नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बार आन्दोलनमा छ।
बारको आन्दोलनमा तीन ओटा गणवाट सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेकोमा पन िबारले विरोध जनाएको छ । सरकारले बारको आन्दोलनलाई लक्षित गरेर काठमाडौंका तीन ओटा गणवाट प्रहरी सर्वाेच्च परिसरमा खटाउँदै आएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र दंगा प्रहरी राखिनु निन्दनीय भएको भन्दै हटाउन माग गरेका छन् ।
उनले आफुहरुको आन्दोलनको अनुगमन गर्न र प्रहरी हस्तक्षेपका विषयमा अन्तराष्टिय संघ सस्थालाई धारणा सार्वजनिक गरिदिन आग्रह समेत गरेका छन् ।
श्रेष्ठले भने, -कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र सशस्त्र र दंगा प्रहरी राखिएको छ । यो निन्दनीय छ । यसको अन्त्यका लागि हामीले सम्बन्धित निकायलाई अनुगमन गर्न आह्वान गर्छौं ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया