साताको पहिलो दिन शेयर कारोबारमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ ।
कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको छ । नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको छ ।
गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सिमित भएको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ ।
त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेका छ ।
आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्से १३ उपसमूह मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ। जसमा बैंकिङ समूहको ५.१ अंक, विकास बैंक ६.८९, वित्त कम्पनी १९.२३, निर्जीवन बीमा ६४.१६, माइक्रोफाइनान्स १७.४३, जीवन बीमा समूहको उपसूचक १४०.५ अंकले घटेको छ । तर, जलविद्युत १३.२१ ,उत्पादन तथा प्रशोधन ९६.१४ अंकले बढेको छ ।
आइतबार सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नारायणी विकास बैंक, कपोरेट विकास बैंक, हिमाल दोलखा हाइड्रो पावर, समृद्धि फाइनान्सको शेयर मुल्य बढेको छ ।
त्यस्तै, सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, प्रिमियम इन्स्योरेन्स, आइसीएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया