रामदेवले उदघाटन गरेको टेलिभिजनमा वैधानिकताको प्रश्न
सरकारले बनायो अध्ययन समिति

काठमाडौं । भारतीय योगगुरु रामदेवको नेपाली धार्मिक टेलिभिजन शुरु नहुँदै बैधानिकतामाथि प्रश्न उठेको छ ।
‘पतञ्जलि नेपाल’ र ‘आस्था’ नेपाली टेलिभिजनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार उदघाटन गरेका थिए । उक्त टेलिभिजन उदघाटनका लागि भनेर नै विहीबार रामदेव काठमाडौं आएका थिए ।
भारतीय लगानीको टेलिभिजन सञ्चालन गर्ने छुट नभएको भन्दै विभिन्न टिप्पणी हुन थालेपछि सरकारले टेलिभिजनबारे अध्ययन गर्न समिति बनाएको छ । सूचना तथा सञ्चार विभागका निर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
उक्त टेलिभिजनले प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिएको भन्दै आलोचना भइरहेको छ भने रामदेवलाई सरकारले जग्गा उपलब्ध गराएको भनेर पनि सामाजिक सञ्जालमा विरोध भइरहेको छ । सो टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रियासमेत शुरु नभएको खुलासा भएको छ ।
यो पनि पढ्नुस् ः
‘रामदेवलाई क्रान्तिकारी देखेर सित्तैमा जग्गा दिने कस्तो विकास हो ?’
रामदेवलाई सद्भावना दूत बन्न मन्त्रीको प्रस्ताव (भिडियो)
बाह्य लगानीको टेलिभिजन उदघाटन कानून विपरितः ज्ञवाली (भिडियो)
टेलिभिजनको वैधानिकताबारे प्रश्न उठेपछि आइतबार नै पतञ्जलि योगपीठका आइटी इन्चार्ज सन्दीप बाल्मिकीले विज्ञप्ति जारी गर्दै कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण गरी अनुमतिका लागि प्रक्रिया अगाडि बढाइएको उल्लेख गरेका छन् ।
नेपालीहरुका लागि योग आर्युवेद शिक्षा, संस्कृति, कला, साहित्य, आध्यात्मिक, दार्शनिक ज्ञान, सञ्चरण गर्नका लागि यी च्यानल स्थापना गर्ने तयारी गरिएको पतञ्जलिले विज्ञप्ति मार्फत स्पष्टीकरण दिएको छ ।
सत्तारुढ घटक जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालबाटै विरोध गरेका छन् भने एमाले नेता प्रदीप ज्ञवालीले वैज्ञानिकतामाथि प्रश्न उठाएका छन् ।
उक्त धार्मिक टेलिभिजन उदघाटन गर्न प्रधानमन्त्री देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत पुगेका थिए ।

















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया