कांग्रेसले आज देशभर १४८ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न बाँकी भएको जिल्लाका अधिवेशन गर्ने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेको जिल्लाहरूमा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने भएको हो ।
यस अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यको टुंगो लाग्ने भएको छ । अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुने छन्।
कांग्रेसमा एक प्रतिनिधिसभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउने व्यवस्था रहेको छ । कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । यी जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधिसमेतको टुंगो लागिसकेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुने भएको छ ।
कांग्रेसले आगामी मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्दै मंसिर २४ देखि २६ गते केन्द्रीय महाधिवेशन गर्ने भएको छ ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया