सोमबार, चैत ३०, २०८२

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

मेरोन्यूज २०७८ मंसिर ६ गते ८:४९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु गर्ने भएको छ । महाधिवेशनका लागि देशका ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त पार्टीको यही मंसिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने छन् ।

प्रतिक्रिया