सोमबार, चैत ३०, २०८२

काठमाडौँका सबै निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदै

मेरोन्यूज २०७८ मंसिर ६ गते १०:००

काठमाडौँ। नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका सबै निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको सबै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए । यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसले आगामी मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया