कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा रिजाल निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर ७ गते ६:२३
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सोमबार सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजय भएका छन् ।
काठमाडौँ क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए । काठमाडौँ क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका १६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।
सम्बन्धित
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया