बिहीबार, मंसिर २५, २०८२

अधिवेशनमा सहभागी हुन केपी ओली चितवन जाने

मेरोन्यूज २०७८ मंसिर ९ गते ८:१३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । शुक्रबारदेखि पार्टीको १० औँ अधिवेशन सुरु हुने भएसँगै उनी अधिवेशन स्थल चितवन जाने भएका हुन् ।

उनी बिहीबार सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँग छलफल गर्ने भएका छन् । यस्तै उनले महाधिवेशन स्थल, बन्दसत्र हललगायतको अवलोकन गर्ने भएका छन् ।

एमालेको १० औँ अधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी नदी किनार हुने भएको छ । यस्तै, बन्दसत्र सौराहामा सञ्चालन गरिने छ ।

प्रतिक्रिया